वर्षमान पुनको चुनाव खर्च रु. १४ लाख ७४ हजार
प्रकाशित मिति : 25 April, 2023 5:16 pm
काठमाडौँ । गत मङ्सिरमा भएको चुनावमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले १४ लाख रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् ।
रोल्पामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका पुनले १४ लाख ७४ हजार ७ सय ८० रुपैयाँ खर्च भएको विवरण पेश गरेका हुन् ।
पुनको सचिवालयले सार्वजनिक गरेको विवरण अनुसार यातायात परिचालनमा ५ लाख ५९ हजार रुपैयाँ, खाना, नास्ता, होटेल खर्च ३ लाख ८० हजार ५ सय ८० रुपैयाँ, प्रचार सामाग्रीमा ४ लाख ३९ हजार २ सय र प्रतिनिधि परिचालनमा ९६ हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।
एउटा मात्रै प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेको रोल्पाबाट पुन निर्वाचित भएका थिए ।








