नेपाल-भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको बैठक सम्पन्र
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजाल र भारतको पेट्रोलियम तथा प्राकृतिक ग्याँस मन्त्रालयका सहसचिव ईसा श्रीवास्तवको टोलीले भेटवार्ता गरेको छ ।
पेट्रोलियम तथा ग्याँस सम्बन्धी नेपाल-भारत संयुक्त कार्य समुहको सहसचिव स्तरीय चौथो बैठकमा भाग लिन काठमाडौँ आएको टोलीले आज बैठक पश्चात उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा मन्त्री रिजालसँग भेटवार्ता गरेको हो ।
पेट्रोलियम तथा ग्याँस सम्बन्धि नेपाल-भारत संयुक्त कार्य समुहको बैठकमा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव राधिका अर्यालले नेतृत्व गरेकी थिइन्।
बैठकमा पेट्रोलियम पदार्थको क्षेत्रमा पुर्वाधार विकास, प्राकृतिक ग्याँसको क्षेत्रमा थप अध्ययन गर्ने लगायतका अन्य विविध विषयहरूमा छलफल भएको थियो ।
मन्त्री रिजालसँगको भेटमा भारतको पेट्रोलियम तथा प्राकृतिक ग्याँस मन्त्रालयका सहसचिव ईसा श्रीवास्तवले बैठकमा छलफल भएका विषयहरूमा थप प्रकाश पारेका थिए ।








