बारा-२ मा उपेन्द्र यादव पाँच हजार बढी मतान्तरले विजयी
प्रकाशित मिति : 26 April, 2023 7:16 am
काठमाडौँ । बारा निर्वाचन क्षेत्र नं. २ मा गठबन्धनबाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् ।
यादव आफ्ना निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई ५ हजार ८१ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।
यादवले २८ हजार चार १५ मत प्राप्त गरेका छन् भने जनमतका शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय ३४ मत ल्याए ।
त्यस्तै एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गरेका छन् । रास्वपाका रमेश खरेलले २ हजार ८२९ मत पाएका छन् । आम जनता पार्टीका अरुण ज्ञवालीले दुई हजार सात सय ३८ मत प्राप्त गरेका छन् ।








