९ पुस २०८२, बुधबार

सीके राउतले उपेन्द्रलाई दिए बधाई

प्रकाशित मिति :  26 April, 2023 8:04 am


काठमाडौँ । बारा २ मा भएको उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवले चुनाव जितेपछि जनमत पार्टीका अध्यक्ष सीके राउतले बधाई दिएका छन् ।

बुधवार बिहान सामाजिक सञ्जालमार्फत राउतले आफ्नो पार्टीले जनताको अगाध माया पाएको भन्दै मतदान गर्नेलाई जनमत पार्टीकोतर्फ धन्यवाद दिएका छन् ।

‘उनले लेखेका छन् निर्वाचन हो, ३४ जना उम्मेदवारमध्ये एउटाले न जित्ने हो । अन्य पार्टीहरूले पनि लोकतन्त्रप्रति आफ्नो जिम्मेवारी सहृदयताका साथ वहन गरेको छ’ ।

बारा २ मा जनता समाजवादीका पार्टीका अध्यक्ष उपेन्द्र यादव २८ हजार चार १५ मत प्राप्त गरी विजयी भएका छन् । उनले जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई ५ हजार बढी मतले हराएका छन् । कुशवाहाले २३ हजार तीन सय ३४ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस !