९ पुस २०८२, बुधबार

प्रतिनिधिसभा बैठक बस्दै

प्रकाशित मिति :  26 April, 2023 9:47 am


काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्दैछ । आज दिउँसो ३ बजे संघीय संसद् भवन बानेश्वरमा बैठक बोलाइएको छ । आजको बैठकबाट संसदीय समितिको काम कारबाही सुरु हुनेछ ।

आजको बैठकमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले विशेष समिति गठन गर्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । त्यसमा नेकपा एमालेका सांसद रघुजी पन्तले समर्थन जनाउने सम्भावित कार्यसूची छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ माथिको दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस !