२० बैशाख २०८१, बिहिबार

रोल्पामा पशुचौपायामा लम्पी स्किन फैलदो,सुनछहरीपछि सुनिलस्मृतिमा पनि देखियो

प्रकाशित मिति :  26 April, 2023 11:14 am


सांकेतिक तस्बिर

रोल्पा । रोल्पामा लम्पी स्किन रोग फैलिने क्रममा रहेको देखिएको छ ।

यसअघि सुनछहरी गाउँपालिकामा देखिएको रोगको लक्षण सुनिलस्मृति गाउँपालिकाका भित्र पनि देखिएको छ ।

गाउँपालिकाले सुनिलस्मृति गाउँपालिकाको केही क्षेत्रमा लम्पी स्किन रोग देखिएको भन्दै सचेत रहन गाउँपालिकाले आग्रह गरेको छ ।

गाई भैसीहरूको शरिरमा फोका आउने, ज्वरो आउने, खुट्टा तथा शरिर सुनिने, दानापानी नखाने,शरिरहेको पुरै भागहरूमा गिर्खाहरू निस्कने जस्ता लक्षण देखिएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै लंगडोपना, थुनोलो र गर्भ तुहिने जस्ता क्षण देखिएको भन्दै सचेत रहन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गाउँपालिकाले यस रोगको कुनै औषधी उपचार तथा खोप हालसम्म नभएको भन्दै सचेत रहन भनेको छ ।

गत चैतको दोस्रो हप्तातिर सुनछहरी गाउँपालिकाको वडा नं. ३ बाहिरी गामका दाङजा कोलधारा र लुबाडका बस्तिका गाई,गोरु राँगा, भैँसीमा लम्पी स्किन रोगसँग मिल्दो जुल्दो लक्षण देखिएको थियो ।



प्रतिक्रिया दिनुहोस !