९ पुस २०८२, बुधबार

बलियो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यक्ता देखियोः ईश्वर पोखरेल

प्रकाशित मिति :  26 April, 2023 2:03 pm


काठमाडाैं । नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् । 
मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजति कार्यक्रमलाई सम्बोधन गर्दै उनले बलियो राष्ट्रिय शक्ति निर्माण गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले राष्ट्रिय शक्ति निर्माण गर्दा मनमोहन अधिकारीका विचार र कामहरुबाट अभिप्रेरित भएर अघि बढ्नुपर्ने बताए । उनले राष्ट्रिय शक्ति निर्माण गर्दा राष्ट्रको स्वार्थलाई सर्वोपरि राखेर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको पनि बताए ।

उनले भने, ‘वर्तमान राष्ट्रिय राजनीतिमा दुई केन्द्र देखापरेको छ। राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता र देश बनाउने नेतृत्व नेकपा एमालेले गरिरहेको  छ । वर्तमान गठबन्धन सिद्धान्तबिहीन,उद्देश्यबिहीन र लोकतन्त्रको मूल्य मान्यताविपरित रहेको छ ।’ 

वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको र देशलाई गलत दिशातर्फ लगिरहेको उल्लेख गर्नुभयो । 



प्रतिक्रिया दिनुहोस !