लामिछानेले समर्थकको गाली खाएकी किशोरीको घरमै पुगेर माफी मागे
चितवन । उपनिर्वाचनको समयमा राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भोट नदिने भनेपछि रास्वपाका समर्थकको गाली खाएकी किशोरीसँग रवि लामिछानेले माफि मागेका छन् । चितवन–२ बाट निर्वाचन जितेपछि सभापति लामिछाने किशोरीको घरमै पुगेर उनीसँग माफी मागेका हुन् ।
रास्वपाले सामाजिक संजाल फेसबुकमा लामिछानेले किशोरीसँग घुँडा टेकेर माफी मागेको भिडियो अपलोड गरेको छ । भिडियोमा लामिछानेले आफ्ना समर्थकले गल्ती गरेको भन्दै समर्थकको तर्फबाट माफी मागेका छन् ।
लामिछानेले किशोरीलाई भने नानु चित्त नबुझेको कुरा निर्धक्क भएर विरोध गर्न पाइन्छ, ने, ुसरी नानु। म यसरी बसेर सरी भन्छु, तपाईं छोरी जस्तो बहिनी जस्तो मान्छे। जसले गाली गरे पनि मैले भनेर गरेको होइन। मलाई थाहा पनि छैन। जसले गाली गरेको भए पनि उनीहरूको तर्फबाट म माफी माग्छु।
लामिछानेले सैलाई पनि अपमान नगर्ने र कोही दुश्मन नभएकोले निर्धक्क भएर सधै खबरदारी गरिरहन किशोरीलाई आग्रह गरे ।
उपनिर्वाचनको चुनावी प्रचार चलिरहँदा एक युट्युबरले सोधेको प्रश्नमा ती किशोरीले आफूले रुखमा भोट हाल्ने बताएकी थिइन्। अरुले जसमा भोट हालेपनि आफुले रुखमा भोट हाल्ने बताएकी थिइन्।
ुहामी कसैलाई अपमान गर्दैनौं। हाम्रा दुश्मन छैनन्। हामीलाई खबरदारी गरिरहनु होला। विगत केही दिनदेखि सामाजिक संजालमा यहाँमाथि जसले गाली गलौज गरेको भएपनि हामी क्षमा माग्दछौँ।ु
उनले आफूलाई लागेको कुरा निर्धक्क भन्न पाइने पनि ती किशोरीलाई आश्वस्त पारे।








