९ पुस २०८२, बुधबार

राष्ट्रिय सभाको बैठक बस्दै

प्रकाशित मिति :  27 April, 2023 9:22 am


काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । नयाँबानेश्वर स्थित सङ्घीय संसद् भवनमा आज दिउँसो १ बजे राष्ट्रिय सभा बैठक बस्न लागेको हो ।

आजको बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !