९ पुस २०८२, बुधबार

पूर्व लडाकुलाई पैसा होइन, रोजगारी दिऊँ : शेखर कोइराला

प्रकाशित मिति :  27 April, 2023 10:56 am


काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्व अयोग्य लडाकुलाई पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमा रकम दिने तयारीको विरोध गरेका हुन ।

उनले सरकारी कर्मचारीहरुको तलब र पूर्व शिक्षकहरुको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य नहुने भन्दै विरोध गरेका छन्

उनले लेखेका छन् ,विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाबकिताब वुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्व्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलव र पूर्व शिक्षकहरूको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्वअयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य हुनै सक्दैन। माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरौँ, रोकौँ र भविष्यका लागि सचेत बनौँ। उनीहरूलाई पैसा होइन, रोजगारी दिऔँ।’



प्रतिक्रिया दिनुहोस !