लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले गरे दाबी पेस
काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले दाबी पेस गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आठ दलीय गठबन्धनको तर्फबाट चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
चौधरीले नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतको समर्थनमा दाबी पेश गरेका हुन् ।
गत पुस २७ नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरी केन्द्रमा सत्ता समिकरण परिर्वतन भएपछि पनुः वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत मागेका थिए ।
वैशाख ११ गते प्रदेश सभाको बैठकमा विश्वासको मत पाउन नसेकपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको लागि आज दिउँसो ४ बजेभित्र दावी पेश गर्न समयसीमा दिएका छन् ।
चौधरी दाङ क्षेत्र नं. ३ (१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।








