नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यालय देउखुरी सर्ने
प्रकाशित मिति : 27 April, 2023 2:26 pm
काठमाडौँ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले पार्टी कार्यालय देउखुरी सार्ने भएको छ ।
वैशाख ११ गते बसेको प्रदेश कार्यसम्पादन समिति बैठकले रुपन्देहीबाट पार्टी कार्यालय देउखुरी पार्ने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा स्थापना भएको र मन्त्रालय तथा प्रदेश स्तरीय विभिन्न कार्यालयहरू समेत स्थापना भइसकेकाले पार्टी कार्यालय पनि सार्ने निर्णय भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकले आवश्यक व्यवस्था मिलाई यथासिघ्र सार्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि अस्थायी राजधानी बुटवलमा रहेकाले कांग्रेस प्रदेश कार्यालय पनि बुटवलमै राखिएको थियो ।








