गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्र पाण्डे नियुक्त
प्रकाशित मिति : 27 April, 2023 4:21 pm
काठमाडौं । गण्डकी प्रदेश मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे नियुक्त भएका छन् । नेता पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि १४ गते ४ बजेभित्रको समय सीमा दिएर प्रदेश प्रमुखले आह्वान गरेका थिए ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र १ स्वतन्त्र सांसद छन् । कांग्रेस र माओवादीका सांसदको समर्थन लिएर पाण्डेले मुख्यमन्त्री दाबी गरेका थिए । बहुमत सांसदको दाबी अनुसार प्रदेश प्रमुख पाण्डेलाई प्रदेश प्रमुख गुरुङले बिहीबार ४ नबज्दै मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त मुख्यमन्त्री पाण्डेको सपथ भने भोलि शुक्रबार हुने भएको छ ।








