लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरी नियुक्त
प्रकाशित मिति : 27 April, 2023 7:10 pm
देउखुरी । नेपाली कांग्रेस नेता डिल्लीबहादुर चौधरी लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
उनले आज ५३ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
दाबी पेश गरेसँगै चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अर्थात बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। चौधरी दाङको निर्वाचन क्षेत्र नं. ३ (१) बाट निर्वाचित भएका थिए ।
प्रदेश प्रमुख शेरचनले वैशाख १२ गते संविधानको धारा १६८ को उपधारा २ अर्थात बहुमतको आधारमा नयाँ सरकार गठनको लागि आज दिउँसो ४ बजेसम्म दाबी पेश गर्न समयसीमा दिएका थिए।
नवनियुक्त चौधरीको शपथ ग्रहण कार्यक्रम शुक्रबार बिहान साढे ११ बजे तय भएको छ ।








