९ पुस २०८२, बुधबार

उपनिर्वाचनबाट निर्वाचित तीन जना सांसदहरुको शपथ ग्रहण आज

प्रकाशित मिति :  28 April, 2023 10:08 am


काठमाडौँ । आज नव निर्वाचित सांसद्हरुले सांसद पदको शपथ लिने भएका छन्। उपनिर्वाचनबाट निर्वाचित तीन जना प्रतिनिधि सभा सदस्यहरुको शपथग्रहण आज हुँदैछ ।

बारा २ बाट निर्वाचित उपेन्द्र यादव, चितवन २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज शपथ ग्रहण गर्न लागेका हुन् ।

सभामुख देवराज घिमिरेले बिहान साढे ११ बजे उनीहरुलाई सिंहदरबार स्थित संसद सचिवालयमा शपथ खुवाउन लागेका हुन्। प्रतिनिधि सभा बैठकमा भाग लिनु अघि सांसदले शपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ।



प्रतिक्रिया दिनुहोस !