१३ बैशाख २०८१, बिहिबार

चलचित्र ‘प्रसाद २’ आजबाट देशभर प्रदर्शन हुदैँ

प्रकाशित मिति :  28 April, 2023 10:25 am


काठमाडौँ । नेपाली चलचित्र प्रसाद २ आजबाट देशभर प्रदर्शनमा आउँदैछ । अभिनेता विपिन कार्की र केकी अधिकारी अभिनित फिल्म ‘प्रसाद २’ आजबाट प्रदर्शनमा आउन लागेको हो ।

यसअघि चैत २४ गते प्रदर्शन हुने भनिएको फिल्मको आर्थिक लेनदेन विवादका कारण अदालतमा मुद्दा पुगेपछि प्रदर्शन रोकिएको थियो ।

निर्मातामध्येका एक केशव पाण्डेले अर्का निर्माता सुवास थापाबिरुद्ध आर्थिक लेनदेनको विवादमा रिट दायर गरेपछि अदालतले फिल्म रोक्न आदेश दिएको थियो । तर उच्च अदालत पाटनले अघिल्लो आदेशलाई खारेज गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

जसले गर्दा फिल्मको प्रदर्शन फुकुवा भएको थियो । राजनीतिक र सामाजिक कथाको फिल्म प्रसाद २ मा विपिन र केकीसँगै अर्पण थापा, कमलमणि नेपाल, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ ।

सुदर्शन थापाले निर्देशन गरेको फिल्ममा राजेश श्रेष्ठको छायाकंन, राजनराज सिवाकोटीको संगीत र सुशील पौडेलको लेखन रहेको छ । फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !