रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले लिए पद तथा गोपनियताको सपथ
प्रकाशित मिति : 28 April, 2023 11:58 am
काठमाडौं । वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा दुई सदस्यले थपथ लिएका छन् ।
संघीय संसद् सचिवालय सिंहदरबारमा चितवन २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित डा. स्वर्णिम वाग्लेलाई सभामुख देवराज घिमिरेल पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
सभामुख घिमिरेले शपथग्रहण गराउनुका साथै सांसदको लोगो वितरण गरेका छन् ।
गत मंसिर ४ को निर्वाचनबाट तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेको नागरिकता विवादका कारण पदमुक्त भएकाले यही वैशाख १० गते उपनिर्वाचन गरिएको थियो ।








