१ पुस २०८२, मंगलबार

गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ लिए

प्रकाशित मिति :  28 April, 2023 12:53 pm


काठमाडौं । गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ लिएका छन् । बिहीबार साँझ मुख्यमन्त्री नियुक्त पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार मध्यान्ह पद तथा गोपनियताको शपथ गराएका हुन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई हिजो मुख्यमन्त्री नियुक्त गरेका थिए ।

पाण्डे कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।



प्रतिक्रिया दिनुहोस !