९ पुस २०८२, बुधबार

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

प्रकाशित मिति :  30 April, 2023 10:20 am


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका हुन । भेटमा प्रधानमन्त्री प्रचण्डले चितवन २ को उपनिर्वाचनमा विजयी भएका लामिछानेलाई बधाई दिएका छन् ।

रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने भन्नेबारे छलफल गर्न सोमबार ११ बजे पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ। उपनिर्वाचनमा निर्वाचित भएपछि उनले सरकारमा सहभागी हुने नहुने विषयमा पार्टीभित्र र बाहिर छलफल गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !