२० बैशाख २०८१, बिहिबार

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाद्वारा पैचो पसलसँग मिलेर कृषि उपजको बजारीकरण

प्रकाशित मिति :  30 April, 2023 11:18 am


अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले पैचो पसलसँगको सहकार्यमा स्थानीय कृषकहरुले उत्पादन गरेका कृषि उपजहरूको निशुल्क बजारीकरण सुरु गरेको छ ।

छत्रदेव गाउँपालिका भित्रका कृषकहरूले उत्पादन गरेको कृषि उपज सामाग्रीलाई सहज रूपमा बजारको पहुँचमा पुर्‍याउने उद्धेश्यका साथ छत्रदेव गाउँपालिका भित्रका हरेक टोल र बस्ति स्तरसम्म निःशुल्क ढुवानी व्यवस्थापन गर्दै गुल्मीको रिडीमा रहेको पैंचो पसलसँग सहकार्य गरेको हो ।

बजार सुनिश्चितताका लागि छत्रदेव गाउँपालिका वडा नं. ३ बाटसुरुवात गरेको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले जानकारी दिए ।

किसानको खेतबारिमा उत्पादित वस्तुले बजार नपाउँदा वर्षेनी ठूलो परिमाणको कृषि सामाग्री नष्ट गनुपर्ने कारणले किसानहरू पनि कृषि पेशाबाट पलायन हुने अवस्था रोक्न गाउँपालिकाले निशुल्क ढुवानी गरिदिने व्यवस्था मिलाएको उपाध्यक्ष मणि पन्थीको भनाई छ ।

किसानले उत्पादन गरेको कृषि उपज बजार नपाएर खेर जाने चिन्ताको अब अन्त्य भएसगैँ कृषि क्षेत्रमा काम गर्न चाहने कृषकहरूलाई ठूलै राहत हुने अपेक्षा रहेको प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थले बताए ।

पैचो पसल प्रा.लि.का प्रबन्ध निर्देशक धुब्र न्योपाने र महाप्रबन्धक प्रभाकर भण्डारीले फरक(फरक दिन समय तालिका बनाएर कृषि उपजहरू सङ्कलन र बजारीकरण गरिने बताउदै यो कार्यले छत्रदेबका किसानमा थप उर्जा थपेको बताए ।

छत्रदेब गाउँपालिकाको भगवती, ठुलापोखरा , बल्कोटको मथुरा, लगायतका ठाउँमा धेरै मात्रामा तरकारी खेती हुने गरेको वडा अध्यक्ष तेजप्रसाद खनालले बताए ।



प्रतिक्रिया दिनुहोस !