२१ बैशाख २०८१, शुक्रबार

भाैतिकको बजेट ५४ अर्बले कटौति, मन्त्री ज्वाला भन्छन्, ‘बजेट गरिबको लागि खानेकुरा जस्तो भाे’

प्रकाशित मिति :  1 May, 2023 7:48 am


काठमाडाैँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षमा भौतिक मन्त्रालयको बजेट सबैभन्दा धेरै कटौति भएको बताएका छन् ।

आईतवार काठमाडौंमा पेशागत महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षमा मन्त्रालयको बजेट ५४ अर्ब कटौति भएको जानकारी गराए ।

चालु आर्थिक वर्षमा १६३ अर्ब बजेट रहेको भए पनि आगामी आर्थिक वर्षका लागि ११३ अर्ब बजेटको सिलिङ दिइएको उनले बताए ।

आगामी आर्थिक वर्षको बजेट गरिबको लागि खानेकुरा जस्तो बनेको गुनासाे गरे । संकलन कम भइरहेको र अर्थतन्त्रका सूचकांकहरु पनि खराब रहेको भन्दै चिन्ता व्यक्त गरे ।

“हामी बजेट निर्माणको चटारोमा छाैँ । बजेटको कर्मी पनि कटौति पनि छ । कटौति भएको कन्फर्टेबल बजेट सिलिङ हुन्थ्यो भने यति धेरै प्रेसर हुँदैन थियो होला।” मन्त्री ज्वालाले भने, “यता ताने उता मिल्दैन, उता ताने यता मिल्दैन । गरिबी जस्तो भएको छ । बिहान खाँदा साँझ नपुग्ने साँझ खाँदा बिहान नपुग्ने जस्तो भएको छ ।”

कमजाेर राजश्व संकलन र खराब सूचकांककाे मारमा बजेट परेको उनकाे भनाइ छ । “बजेट मारमा पर्नु भनेको हाम्रा प्रोजेक्टहरु, योजना, कार्यक्रम मारमा पर्नु हो । अत्यन्त कठिन छ बजेट बनाउन । धेरै मागहरु सम्बोधन गर्न कठिन छ ।” मन्त्री ज्वालाले भने ।



प्रतिक्रिया दिनुहोस !