९ पुस २०८२, बुधबार

वर्तमान सरकारले केही गर्न नसक्ने ओलीकाे दाबी

प्रकाशित मिति :  1 May, 2023 6:05 pm


काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले केही पनि गर्न नसक्ने दाबी गरेका छन् ।  

अध्यक्ष ओलीले नेपाली जनताले पाएको उपलब्धि विरुद्ध विभिन्न प्रकारका शक्तिहरू सल्बलाउन थाल्दा पनि सरकार गम्भिर नभएको ओलीको भनाई थियो ।

अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले केही गर्न नसक्ने सरकार किन सरकारमा बसिरहेको छ ? भनेर अचम्म मान्नुपर्ने अवस्था रहेको बताए । उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै दुलोबाट मुसाले बिरालो हेरेजसरी अनुकूल परिस्थितिको खोजी गरिरहँदा पनि सरकारले भने निरिहता मात्रै प्रकट गरिरहेको जिकीर गरे ।

ओलीले सिंहदरबारको फोहोर काठमाडौँ महानगरपालिकाले उठाउँदिन भन्दा सरकारले त्यसको जवाफ दिन नसकेको भन्दै आक्रोश समेत व्यक्त गरेका थिए । सिंहदरबारको फोहोर काठमाडौँ महानगरपालिकाले उठाउने नगरेको तथ्य जनतालाई भन्न पनि सरकारले नसकेको उनले बताए ।

अध्यक्ष ओलीले सहरी विकास मन्त्रालयले सिंहदरबारको फोहोर उठाउने काम ठेक्कामा दिएको तर ठेकदारले काम नगरेको उल्लेख गर्दै सरकार र ठेकदारबिचको सम्बन्धबारे खोजी गर्नुपर्ने अवस्था आएको बताए।



प्रतिक्रिया दिनुहोस !