९ पुस २०८२, बुधबार

सरकारको सल्लाहमै महावीर माइतीघरमा बस्नुभएको होः प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  1 May, 2023 5:42 pm


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन सरकारको सल्लाहमा आन्दोलन गर्न गएको बताएका छन् ।

सोमबार चितवनमा पत्रकारहरूसँगको उनले वैशाख १४ गते महावीर पुन बालुवाटार गएको र आफूसँग सल्लाह गरेर नै आन्दोलनमा उत्रिएको बताएका हुन् । उनले महावीर पुनले आफूसँग केही माग राखेको र ती माग पूरा गर्न सरकार तयार रहेको बताउँदै सरकारले महावीर पुनलाई वास्ता गरेन भन्नु गलत भएको बताए ।

उनले भने, “महावीर पुन माईतीघर मण्डलामा बस्ने अघिल्लो दिन म सँग आउनुभएको थियो, बालुवाटारमा । राम्रो कुराकानी भयो । केही माग गर्नुभएको छ । जिडिपीको एक प्रतिशत भन्नुभएको रहेछ, तर त्यसको होइन, अहिलेको आर्थिक अवस्था हेर्दा विकासको त्यसमा राम्रो छलफल भयो । म त माईतीघरमा बस्छु है कस्तो हुँदो रहेछ भनेर भन्नुभएको थियो, मैले नै भन्न त मिलेन, तर तपाई बस्नुभए सजिलो हुन्छ बजेट बनाउन भनेको थिएँ, सरकारले वास्ता गरेन भन्ने झुटो कुरा हो । सरकारसँगै छलफल गरेर, सल्लाह भएर उहाँ बस्नुभएको हो । म उहाँका माग सम्बोधन गर्छु ।”



प्रतिक्रिया दिनुहोस !