राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा रवि लामिछाने चयन
प्रकाशित मिति : 1 May, 2023 6:33 pm
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पार्टी संसदीय दलको नेता चयन गरेको छ ।
काठमाडौंमा आज बसेको पार्टी संसदीय दलको बैठकले सभापति लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो ।
दलको नेतामा पार्टी सभापति लामिछानेलाई सर्वसम्मतिले चयन गरिएको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
बैठकले पार्टीको सचेतक निशा डाँगीलाई बनाउने निर्णय पनि गरेको छ ।
प्रमुख सचेतक परियारले भने,“पार्टी सभापतिलाई संसदीय दलको नेता चयन गर्यौँ । अरु प्राविधिक रुपमा काम गर्नका लागि संसदीय कामकारबाहीलाई सजिलो बनाउन केही समितिहरु बनायौं । जस्तो विधेयक अध्ययन समिति, समसामयिक समिति, त्यस्तैगरी सचेतक हाम्रो पार्टी प्रमुख सचेतकको रुपमा म कार्यरत छु । सचेतक हुनुुहुन्न थियो । माननीय निशा डाँगीलाई हामीले सचेतक बनाएका छौं ।”








