१३ बैशाख २०८१, बिहिबार

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै

प्रकाशित मिति :  2 May, 2023 7:25 am


काठमाडौँ । आज लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिँदै छन् । बैशाख १४ गते सत्ता गठबन्धनमा रहेका दलहरूको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले आज विश्वासको मत लिन लागेका हुन ।

शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण पछि बसेको मन्त्रिपरिषद् बैठकले सोमबार विश्वासको मत लिने निर्णय गरेको थियो । लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको दशौं औं बैठक आज बिहान ११ बजे बोलाइएको छ ।

गत शुक्रवार मुख्यमन्त्री चौधरीले माओवादीका धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सन्तोष पाण्डेय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई बिना विभागीय मन्त्रीका रूपमा मन्त्री नियुक्ति गर्दै पद तथा गोपनीयताको शपथ लिएका थिए ।



प्रतिक्रिया दिनुहोस !