उपेन्द्र यादवले आज शपथ लिँदै
प्रकाशित मिति : 2 May, 2023 9:49 am
काठमाडौँ । बारा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा विजयी जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आज सांसदको शपथ ग्रहण लिने भएका छन् ।
वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ वाट विजयी यादवले आज पद तथा गोपनीयताको शपथ लिन लागेका हुन । आज दिउँसो १ बजे सिंहदरबारमा यादवले शपथ लिन लागेका हुन । यादवलाई सभामुख देवराज घिमिरेले शपथग्रहण गराउने छन् ।
मंसिर ४ गते भएको बारा निर्वाचन क्षेत्र नम्बर २ निर्वाचनमा विजयी रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेसँगै रिक्त रहेको क्षेत्रमा उपनिर्वाचन भएको थियो । जसमा जसपा अध्यक्ष यादव निर्वाचित भएका थिए ।








