९ पुस २०८२, बुधबार

उपचारका क्रममा भारतमा भएको खचै आफै बेहोर्ने राष्ट्रपति पौडेलको घोषणा

प्रकाशित मिति :  2 May, 2023 12:53 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य उपचारका क्रममा भारतमा भएको खचै आफै बेहोर्ने घोषणा गरेका छन् ।

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“ उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपति ज्यू स्वंमले वेहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ ।”

पौडेलको स्वास्थ्य समस्या देखिए पछि भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान(एम्स)मा उपचार गराइएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा सुधार हुन नसकेपछि एयर एम्बुलेन्समार्फत राष्ट्रपति पौडेललाई भारत लागिएको थियो ।

उपचारका लागि भारत लगिएपछि पौडेलको आलोचना समेत भएको थियो । आलोचनाका बिच पौडेलले आफ्नो उपचार खर्च आफै वेहोर्ने स्वकीय सचिवालय मार्फत जानकारी गराएका हुन् ।



प्रतिक्रिया दिनुहोस !