९ पुस २०८२, बुधबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीलाई विश्वासको मत प्राप्त

प्रकाशित मिति :  2 May, 2023 2:55 pm


देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले विश्वासको मत पाएका छन्।

वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले आज विश्वासको मत पाएका हुन् । लुम्बिनी प्रदेश सभामा चौधरीको पक्षमा ५३ मत र विपक्षमा २९ मत पर्‍यो ।

कांग्रेसबाट मुख्यमन्त्री भएका चौधरीलाई नेकपा(माओवादी केन्द्र), नागरिक उन्मुक्ती पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।

नेकपा एमालेका २९ सांसदले भने विपक्षमा मतदान गरेका थिए ।

चौधरी लुम्बिनी प्रदेशका तेस्रो मुख्यमन्त्री हुन् । यसअघि नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि चौधरी मुख्यमन्त्री बनेका हुन् ।



प्रतिक्रिया दिनुहोस !