एमालेका फरार सांसद कोइरी निलम्बित
प्रकाशित मिति : 2 May, 2023 5:55 pm
काठमाडौँ । नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् । फरार रहेका सांसद कोइरीलाई निलम्बन गरेको संघीय संसद सचिवालयले जनाएकाे छ ।
नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक संघीय संसद सचिवालयलाई पत्र पठाएको थियो ।
२०७९ मंसिर ४ गतेको निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कोइरी सशस्त्र प्रहरी थमन विक हत्याका अभियुक्त हुन् ।
कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। तर उनी हालसम्म फरार रहेका थिए ।








