२० बैशाख २०८१, बिहिबार

रोल्पाको रुन्टीगढीमा राहत वितरण सुरू, प्रति परिवार ३० किलाेसम्म चामल बाँड्दै

प्रकाशित मिति :  16 April, 2020 12:48 pm


राेल्पा, ४ वैशाख । 

राेल्पा जिल्लाकाे रून्टिगढी गाउँपालिकाले लकडाउनमा बसेका परिवारलाइ राहत वितरण सुरू गरेकाे छ । बिहीबार विहानदेखि एक साताकाे जाेहाे गर्न प्रति परिवार २५ देखि ३० किलाेसम्म चामल वितरण गर्न थालिएकाे हाे।

पहिलाे चरणमा ९० घरधुरीलाइ राहत वितरण गर्न थालिएकाे गाउँपालिकाले जनाएकाे छ । प्रति परिवार सदस्य पाँच वर्षकाे मुनिकाेलाइ २ किलाे ५ सय ग्राम र पाँच वर्ष माथिकाकाे लागि ५ किलाे चामल वितरण गरिएकाे छ।

चामलकाे मात्रा बढी हुन पर्ने माग गरेपछि राहत प्याकेजमा  दाल, नुन र तेल भने एक/एक किलाे मात्र समावेश गरिएकाे गाँउपालिकाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !