सत्ता गठबन्धनको बैठक आज दिउँसो ३ बजे बस्ने
प्रकाशित मिति : 3 May, 2023 12:20 pm
काठमाडौं । सरकारलाई पूर्णता दिन सत्ता गठबन्धनको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई पूर्णता दिन सत्ता गठबन्धनका दलको बैठक बोलाएका छन् ।
बैठकमा सरकारलाई पूर्णता दिनेलगायत समसामयिक बिषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमिल्सिनाले बताए ।
साविककै मन्त्रालय दिएर सरकारमा ल्याउनेगरी प्रधानमन्त्री आफैंले पहल गरेपछि रास्वपा पनि सकारात्मक देखिएको छ । जसकारण सरकारलाई दिएको समर्थन फिर्ता गर्ने या नगर्ने विषयमा तत्काल निर्णय गरेको छैन ।
प्रधानमन्त्री बनेको ४ महिना वितिसक्दा पनि अझै सरकारले पूर्णता पाउन सकेको छैन ।








