२१ बैशाख २०८१, शुक्रबार

मिटरब्याज समस्या सम्बन्धी अध्यादेश जारी

प्रकाशित मिति :  3 May, 2023 4:28 pm


काठमाडाैँ। राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याज पीडितको समस्या समाधानका लागि अध्यादेश जारी जारी गरेका छन्। मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्‍यादेश २०८० जारी गरिएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष अध्यादेश पठाउने निर्णय गरे अनुसार बुधबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषदको सिफारिसमा अध्यादेश जारी गरेका हुन्।

सरकारले संसद अधिवेशन अन्त्य भएको समयमा अध्यादेशमार्फत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि संहिता संशोधन गर्न लागेको हाे ।

नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले मिटरब्याज पीडितको समस्या तत्काल समाधान गर्नुपर्ने भएकाले अध्यादेश ल्याउनुपरेको बताएकी छिन्।



प्रतिक्रिया दिनुहोस !