९ पुस २०८२, बुधबार

टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौँ ल्याइयो, आज अदालत पेश गरिदैँ

प्रकाशित मिति :  4 May, 2023 10:42 am


काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई काठमाडौँ ल्याइएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको अरोपमा मुछिएका रायमाझीका छोरालाई प्रहरीले वुधवार वुटवलबाट प्रकाउ गरेको थियो । सन्दीपलाई बुधबार राति भैरहवा हिरासतमा राखिएको थियो ।

उनलाई भैरहवा विमानस्थलबाट बुद्ध एयरको जहाजमार्फत आज काठमाडौँ ल्याइएको हो । उनलाई आजै जिल्ला अदालतमा पेश गरिने भएको छ ।



प्रतिक्रिया दिनुहोस !