रविलाई प्रधानमन्त्रीको प्रस्तावबारे ओलीले भने, ‘मैले अखबारहरुमा पढे’
प्रकाशित मिति : 4 May, 2023 3:57 pm
काठमाडौँ । पुर्वप्रधानमन्त्री तथा नेकपा ऐमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीका लागि गरेको भनिएको प्रस्तावबारे अनविज्ञता प्रकट गरेका छन् ।
बिहिवार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न सिंहदरवार पुगेका ओलीले रास्वपाका सभापति लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव गर्नुभएको हो? भन्ने सञ्चारकर्मीको जिज्ञासामा ओलीले यो खबर आफुले अखबार पढेर थाहा पाएको बताए ।
ओलीले भने, ‘मैले अखबारहरुमा पढे, बाँकी जानकारी छैन ।’








