९ पुस २०८२, बुधबार

लुम्बिनीका मुख्यमन्त्री चौधरीको गुनासो,‘ कोरियाकाे छ्याङ आउछ,नेपालमा बनेको घोप्ट्याउने किन ?’

प्रकाशित मिति :  4 May, 2023 6:05 pm


काठमाडौँ । लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्ली बहादुर चौधरी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित योजना आयोगका कार्यालयमा मूख्यमन्त्री चौधरी र उपाध्यक्ष श्रेष्ठबीच मुलुकको अर्थतन्त्र र विकासका विषयमा छलफल भएको हो ।

भेटमा मूख्यमन्त्री चौधरीले स्वदेशी उत्पादनलाई बढवा दिने नीति तथा कार्यक्रममा ल्याउनु पर्ने बताए । स्वदेशी उत्पादनहरु प्रवद्र्धन हुने र रोजगारी सिर्जना हुने कार्यक्रमहरु बनाउनका लागि भूमिका खेल्न आयोग समक्ष उनले अनुरोध गरे ।

मूख्यमन्त्री चौधरीले अहिले विदेशी मदिराहरु जताततै छ्याप्छ्याप्ती रहेको तर नेपालमै उत्पादन हुने मदिराको भने कुनै मूल्य नरहेको बताए ।

“कोरियाबाट आउने छ्याङ हामी किन्छौँ, अनि यहाँ थारुको घरम बनेको चाहिँ घोप्याउनु पर्ने स्थिति छ” मूख्यमन्त्री चौधरीले भने, “यसको अन्त्य गरेर मास बेसमा स्वदेशी उत्पादनहरू बढाउने र रोजगारी सिर्जना हुनुपर्छ ।”

मूख्यमन्त्री चौधरीले स्वदेशी उत्पादनहरू धेरै राम्रा भए पनि हामीले मार्केटिङ गर्न नसकेको भन्दै अब हरेक स्वदेशी उत्पादनलाईलाई प्राथमिकता राख्नुपर्ने बताए ।

जवाफमा उपाध्यक्ष डा. श्रेष्ठले आन्तरिक उत्पादनहरू बढाउनु नै आजको आवश्यकता रहेको बताए ।

अर्थतन्त्रलाई वलियो बनाउनका लागि पनि स्वदेशी उत्पादनलाई जोड दिनु पर्ने उनले बताए । स्वदेशी उत्पादन र रोजगारी सिर्जना हुने परियोजनालाई जोड दिइर अर्थतन्त्रलाई वलियो बनाउनु पर्ने उनको भनाइ छ ।

रोजगारी सिर्जना हुने गरी आन्तरिक उत्पादनहरूलाई जोड दिनुपर्छ भन्ने सधै आफ्नो मान्यता रहेको उनले बताए ।

“मास बेस इनकम जेनेरेट हुने गरी काम गर्नुपरो’ उपाध्यक्ष डा. श्रेष्ठले भने, “भइरहेको भन्दा केही नयाँ गर्नुपर्छ भन्ने छ, हामी उत्पादन र रोजगारीका लागि केही गर्छौँ ।”



प्रतिक्रिया दिनुहोस !