१४ चैत्र २०८२, शनिबार

गुणस्तरहिन काम गरेका ठेकदारलाई सचेत बनाउँदा चन्दा मागे भनियो : नेकपा अर्घाखाँची

प्रकाशित मिति :  5 May, 2023 12:20 pm


अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गुणस्तरहिन काम गरेका ठेकदारलाई सचेत बनाउँदा चन्दा माग गरेको आरोप लगाएको भन्दै आपत्ति जनाएको छ ।

नेकपा अर्घाखाँचीका ईन्चार्ज खेम घर्तीले जिल्लामा पछिल्लो समय गुणस्तरहीन काम गर्ने ठेकदारलाई सचेत गराउँदा आफूहररूलाई चन्दा मागेको आरोप लगाएको भन्दै आपत्ति जनाए ।

नेकपा पश्चिम लुम्बिनी ब्युरोद्वारा सञ्चालित युवा मार्च तथा जनभेटघाट अभियानलाई लक्षित गर्दै अर्घाखाँचीको सन्धिखर्कमा गरिएको पत्रकार सम्मेलन घर्तीले भने,“ हामीले गुणस्तरहिन काम गर्नेलाई बेला बेला सुझाव दिदै आएका छौँ तर कमसल काम गर्नेले हामीलाई चन्दा उठाएको आरोप लगाएका छन् । यसमा हाम्रो आपत्ति छ र ठिक हुने छैन । ”

पछिल्लो समयमा अर्घाखाँचीका खोलानाला जगंल लगायतका क्षेत्रमा चोरी निकासी हुने गरेको भन्दै रोकथामको लागि आफुहरू लागि परेको ईन्चार्ज घर्तीले बताए ।

नेकपाको आयोजना र राष्ट्रिय युवा जनस्वयंसेवक लुम्बिनी प्रदेश पश्चिम ब्युरोको संयोजनमा संचालित युवा मार्च तथा जनभेटघाट कार्यक्रममा दाङ,प्युठान,अर्घाखाँची,कपिलबस्तु लगायतका जिल्लामा कार्यक्रम गरिएको नेकपाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !