१२ बैशाख २०८१, बुधबार

दिल्लीको मौसममा रेकर्ड: १३ वर्षयताकै न्यूनतम तापक्रम मापन

प्रकाशित मिति :  5 May, 2023 12:58 pm


काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा साताको पहिलो दिनबाट घट्दै गएको तापक्रम शुक्रबार बिहान मे महिनामा १३ वर्ष यताकै न्युनतम तापक्रम मापन भएको छ ।

केहिदिन लगातार भएको वर्षापछि शुक्रबार बिहान ८ः३० बजे दिल्लीको न्यूनतम तापक्रम १९।५ डिग्री सेल्सियस रेकर्ड गरिएको हो । दिल्लीमा कायम भएको यो रेकर्ड मे महिनामा कायम भएको रेकर्ड हो । मौसम विभागले दिनभरि आंशिक बादलको मौसम पूर्वानुमान गरेको छ।

भारतको मौसम विभागका अनुसार आज दिल्लीको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस रहने सम्भावना छ ।

साताको सुरुदेखि नै परेको भारी वर्षाका कारण भिजिबिलिटी कम भएको र न्यूनतम तापक्रम १५ दशमलव ८ डिग्री सेल्सियस पुगेको हो, जुन १३ वर्षयताकै सबैभन्दा कम हो ।

यसअघि सन् १९८२ मे २ मा दिल्लीको न्युनतम तापक्रम १५ दशमलव २ डिग्री सेल्सियसको मापन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !