२१ बैशाख २०८१, शुक्रबार

मिटरब्याजी पीडित भन्छन्ः माग पूरा नभएसम्म आन्दोलन जारी राख्छौँ

प्रकाशित मिति :  5 May, 2023 5:21 pm


काठमाडौँ । आन्दोलनरत मिटरब्याजी पीडितहरूले आफ्नो धर्ना कार्यक्रम जारी राखेका छन् । तराईका विभिन्न जिल्लाबाट आएर काठमाडौँको शान्तिबाटिकामा उनीहरूले धर्ना जारी राखेका हुन् ।

तराईका नवलपरासी, महोत्तरी, सर्लाही लगायत विभिन्न जिल्लाबाट दोस्रो चरणमा समूहमा आएका उनीहरूले धर्नालाई निरन्तरता दिएका छन् । उनीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै एक मिटरब्याजी पीडितले राजनीतिक रूपमा दृष्टिबन्धक, तमसुक, छिनुवा र चेक बाउन्स अवैध घोषणा हुनुपर्ने बताए । उनले यी सबै कुराको क्षतिपूर्ति व्यहोर्नुपर्ने बताए ।

अहिले सबैभन्दा ठूलो समस्या मुद्दा परिरहेकाले मुद्दा स्थगित हुनुपर्ने र मुद्दा छिनोफानो भइसकेको भए पुनरावेदन हुनुपर्ने, पक्राउ पुर्जी रोक्नुपर्ने माग आफूहरूको रहेको बताए ।

उनीहरूले जेलमा भएका पीडितहरुलाई ससम्मान रिहा गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !