३ पुस २०८२, बिहिबार

आजदेखि बजेट अधिवेशन सुरु

प्रकाशित मिति :  7 May, 2023 8:13 am


काठमाडौँ । आजदेखि सङ्घीय संसद्को दुवै सदनको वर्षे अधिवेशन सुरु हुँदैछ। आज अपराह्न ४ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

आज बस्ने संसद्को यो अधिवेशनबाट सरकारका नीति तथा कार्यक्रम र नयाँ बजेट पारित लगायत कार्य गरिनेछ ।

प्रतिनिधिसभा बैठकमा आज सभामुख देवराज घिमिरेले सांसद सदस्यलाई स्वागत गर्दै राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र र मन्त्री पदमा नियुक्तसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने छन्।

अधिवेशन प्रारम्भसँगै प्रि–बजेट छलफल गरिने भएकाले अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस !