१२ बैशाख २०८१, बुधबार

टेक्सास गोली काण्ड : घाइतेमध्ये ८ जनाको मृत्यु

प्रकाशित मिति :  7 May, 2023 9:49 am


काठमाडौँ । अमेरिकाको टेक्सास राज्यको एक आउटलेट मलमा भएको गोलीकाण्डमा घाइते भएका मध्ये ८ जनाको मृत्यु भएको छ ।

गोलीकाण्डमा घाइतेभएका मध्ये ७ जनाकाे उपचार भइरहेकाे छ । घाइते हुनेको उमेर ५ वर्ष देखि ६१ वर्षसम्मका रहेको विभिन्न संचार माध्यमहरुले जनाएको छ ।

टेक्सास राज्यकाे ड्यालसस्थित एक आउटलेट मलमा गोलीकाण्ड भएको हो । घटनामा बन्दुकधारीको पनि मृत्यु भएको छ । घटनामा घाइते सात जनाको ट्रमा अस्पतालमा उपचार भइरहेको छ ।

ड्यालसस्थित पब्लिक मलमा स्थानिय समय अनुसार दिउँसो साढे ३ बजे अज्ञात समुहले अन्धाधुन्धा गोली चलाएको थिए ।

(यसअघि टेक्सासकाे ड्यालस हुनुपर्नेमा अन्यथा भएकाेमा सच्याइएकाे: सम्पादक)



प्रतिक्रिया दिनुहोस !