१३ बैशाख २०८१, बिहिबार

‘कठै ऐन हेरी’ बोलको गीत सार्वजनिक

प्रकाशित मिति :  7 May, 2023 11:00 am


काठमाडौँ । सर्जक सुजन रेग्मी द्वारा लिखित सामाजिक सचेतना झल्कने ‘कठै ऐन हेरी’ बोलको गीत ‘नमस्ते प्लस’ युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । केकि अधिकारी र मिलन अर्यालको अभिनयमा बनेको उक्त गीतमा प्रबिशा अधिकारी र मिलन अर्यालको स्वर रहेको छ । साे भिडियोको निर्देशन लक्ष्मण सुनारले गरेका हुन् ।

भिडियोको सुरुवातमा केकि अधिकारी र एक महिला कुराकानी गर्दै बसिरहेको बेला कुनै पुरुष व्यक्ति आएर केकिको अनुहारमा एसिड छ्यापेर भागेको पाईन्छ । त्यसपछि क्रमश केकि अस्पताल भर्ना हुन्छिन् । केकिको अनुहारमा दाग बस्छ । आफुलाई एसिड हानेर फरार हुने अभियुक्तलाई कारबाहीको माग गर्दै केकि लगायत अन्य महिलाहरू आन्दोलनमा उत्रिन्छन् ।

त्यस्तै आन्दोलन सकेर बेलुकी घर पुग्दा टेलिभिजनमा केकिलाई एसिड छ्याप्ने अभियुक्तलाई पक्राउ गरेकाे उक्त भिडियाे मार्फत देखाइएकाे छ ।

साथै यस गीत मार्फत उठेको सम्पुर्ण रकम सामाजिक काममा लागि हस्तान्तरण गर्ने गायक तथा मोडल मिलन अर्यालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !