राष्ट्रिय सभा सदस्य रायमाझीको व्यङ्ग्यः ‘माननीय सकिएपछि भूटानी शरणार्थी हो त भन्ने होला नि’
काठमाडाैँ । राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले भूटानी शरणार्थी प्रकरणबारे कसैको दबाबमा नपरीकन कारबाहीको प्रक्रिया अघि बढाउन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरेका छन्।
आईतवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो उनले माननिय सकिएको दिनबाट हामी पनि भूटानी शरणार्थी बन्न जाने हो की ? भन्दै व्यंग्य गरे । उनले पूर्वमाओवादीका नेतालाई नेकपा एमाले अध्यक्षले मायाँ गरेको नभइ सचिवहरु जोगाउन लागेको आशंका आफूलाई लागेको उल्लेख गरे।
यस्ता प्रकरणमा जोडिएकाहरुको छानबिन नहुने हो भने समाजले कहिल्यै पनि माफी नदिने रायमाझीकाे भनाइ छ। उनले दोषीमाथि कारबाही हुनसके मात्रै अहिलेको व्यवस्था बच्ने भन्दै दोषीलाई कारबाहीको कठघरामा उभ्याउन सक्नुपर्ने बताए।
“जो मान्छे यो केसमा जोडिएका छन् । यस्ता मानिसलाई पार्टीको नाममा छोड्ने हो भने कहिले पनि यो समाजले छुट गर्ने छैन । यो व्यवस्था बचाउने की नबचाउने भन्ने हो, कारबाही गर्न सक्नुभयो भने यो व्यवस्था बच्छ, होइन भने समाजले नयाँ विकल्प खोज्छ,” गृहमन्त्री श्रेष्ठप्रति इंकित गर्दै रायमाझीले भने, “खुटट नकमाउनुस्, तपाईको आवश्यक्ता छ । कसैको दबाब बिना काम गर्नुहोला, तपाईको आशा छ जनतामा ।”








