१८ बैशाख २०८१, मंगलबार

सगरमाथा आरोहण बन्द भएपछि आलू रोप्दै सोलुका शेर्पा समुदाय

प्रकाशित मिति :  16 April, 2020 2:16 pm


काठमाडौं, ४ चैत ।

सगमाथा आरोहण गरेर आफ्नो जीविकोपार्जन गर्दै गरेका करिब ३ हजार शेर्पा समुदायका सदस्य कोरोनाका कारण वेरोजगार भएका छन् ।

सरमाथा आरोहण पूर्ण रुपमा बन्द भएपछि सगरमाथा क्षेत्रका पथ पर्दशक आफ्नो गाउँ फर्केर आलू खेतिमा व्यस्त हुन थालेका छन् ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमा पर्यटन पनि पर्छ । कोरोनाका कारण पर्यटन आवागमन बन्द छ भने भएका पर्यटकहरु पनि क्वारेन्टाइनमा राखिएको छ । चहल पहल भइरहने सगरमाथा वेसक्याप्प पनि ठप्प छ।

काठमाडौंबाट फुरी जी शेर्पाले भारतीय मिडिया दैनिक भास्करका लागि लेखेको समाचारमा यस पटकको सगरमाथा आरोहणको सिजन नै सुरु नभइ बन्द हुँदा सोलु क्षेत्रमा बेरोजगारी बढेको उल्लेख छ ।

हरेक वर्ष करिव ४५ टोली अर्थात् करिब ६ सय जना सगरमाथा आरोहणका लागि जान्छन् ।

आरोहीको प्रति व्यक्ति खर्च ११ हजार डलर छ ।



प्रतिक्रिया दिनुहोस !