१ पुस २०८२, मंगलबार

जब सांसद अमरेशकुमार संसदभित्रै अर्धनग्न बने

प्रकाशित मिति :  8 May, 2023 11:59 am


काठमाडौँ । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले संसद बैठकका बीच कपडा खोलेर विरोध जनाएका छन् ।

स्वतन्त्र सांसद सिंहले सोमबारको संसद बैठकमै आफूले लगाएको सर्ट खोलेर विरोध जनाएका हुन्। विशेष समय नछुट्याई सभामुख घिमिरेले नियमित कारबाहीमा जान्छौं भनेपछि उनले कपडा खोलेर विरोध जनाएका थिए ।

उनले कपडा खोलेपछि सभामुख घिमिरेले पटकपटक उनलाई सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिएका छन् । घिमिरेले उनलाई शिष्ट भएर व्यवहार नगरे थप कारबाही गर्ने चेतावनी दिएका हुन्। सांसद सिंहको उक्त व्यवहारपछि नेकपा एमालेका सांसद अच्युत मैनालीले उनको स्वास्थ्य जाँचको माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !