नेकपा एमालेको सचिवालय बैठक दिउँसो २ बजे बस्दै
प्रकाशित मिति : 9 May, 2023 9:40 am
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । आज दिउँसो २ बजे पार्टी केन्दिय कार्यालय च्यासलमा बैठक बस्नेछ ।
आजको बैठकमा केन्द्रिय समितिमा प्रस्तुत गर्ने विषयहरु र एजेण्डाका बारेमा छलफल हुनेछ ।
साथै बैठकमा गत मंसिर ४ मा सम्पन्न निर्वाचन तथा हालै गरिएको मिसन ग्रास रुटको समीक्षालगायतका एजेन्डाबारे छलफल हुने बुझिएको छ ।








