९ पुस २०८२, बुधबार

‘कर्मचारीले ३ प्रतिशतसम्म साइनिङ मनी लिन्छन्’

प्रकाशित मिति :  9 May, 2023 12:11 pm


काठमाडौँ । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले भ्रष्टाचार नेता, ठेकेदार र कर्मचारीहरूको मिलेमतोमा हुने गरेको दाबी गरेका छन् ।

राष्ट्रिय सभाको बैठकमा आज बोल्दै दाहालले भ्रष्टाचार न्युनिकरण गर्न सरकारका प्रतिवद्धताहरू पनि माग गरे । उनले कर्मचारीले साइनिङ मनीको रुपमा ३ प्रतिशतस्म्म लिने गरेको उल्लेख गर्दै त्यस्ता कामहरू रोक्नका लागि सरकारले कस्ता कदम चालिरहेको छ ? भन्दै प्रश्न गरे ।

उनले भने,“ठाडै ढंगले सचिवबाट हामीले रिपोर्टिङको क्रममा सुन्यौँ, कर्मचारीले साइनिङ मनी लिने । शुरुमा साइन गर्दा, यही सदनमा मैले उठाएको थिएँ । साइनिङ मनी लिने, २,३ प्रतिशत कति हुन्छ, त्यो गोजीमा हाल्ने, ठेकेदारले मोबिलाइजेशनको रकम लिने, त्यो रकम अर्को काममा लगाउने । यो भइसकेपछि आयोजना त लथालिंग हुन्छन्, त्यो आयोजना त अघि बढ्दैन ।”

राष्ट्रिय सभा सदस्य दाहालले कर्मचारी, ठेकेदार र नेताहरूको मिलेमतोमा भ्रष्टाचार हुने गरेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !