७ बैशाख २०८१, शुक्रबार

यौन दुर्व्यवहार मुद्दामा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर, ५० लाख अमेरिकी डलर जरिवाना

प्रकाशित मिति :  10 May, 2023 8:01 am


काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार काण्डमा दोषी प्रमाणित भएका छन् । न्युयोर्कको एक अदालतले मुद्दाको सुनुवाई गर्दै यौन दुर्व्यवहारको घटनामा ट्रम्प दोषी पाइएको फैसला सुनाएको हो ।

अमेरिकी लेखक इ. जिन क्यारलले ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार र मानहानी गरेको आरोप लगाउँदै मुद्दा दर्ता गरेकी थिइन्। क्यारोलले सन् १९९० मा ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

अदालतले ट्रम्पलाई दोषी ठहर गर्दै क्यारोललाई ५० लाख अमेरिकी डलर क्षतिपूर्ति दिनुपर्ने फैसला पनि सुनाएको छ । सन् १९९० को दशकमा ट्रम्पले न्युयोर्कको डिपार्टमेन्ट स्टोरमा म्यागजिनका स्तम्भकारलाई यौन दुर्व्यवहार गरेको आरोप पुष्टि भएको भन्दै अदालतले उनलाई सो रकम क्षतिपूर्ति दिन आदेश दिएको हो ।

अदालतले आफुविरुद्ध फैसला सुनाएपछि ट्रम्पले अदालतको फैसलाबाट आफ्नो अपमान भएको प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत क्यारोलको विषयमा पनि आफूलाई कुनै जानकारी नरहेको दाबी गरेका छन् । उनले ती महिलालाई आफूले नचिन्ने समेत उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !