१ पुस २०८२, मंगलबार

स्याङ्जामा सुन्तला शित भण्डारको क्षमता वृद्धि गर्न सांसद थापाको माग

प्रकाशित मिति :  10 May, 2023 1:28 pm


स्याङ्जा । नेपाली कांग्रेसका सांसद राजु थापाले स्याङ्जा जिल्लामा रहेका सुन्तला शितभण्डारको क्षमता वृद्धि गर्न र दक्ष जनशक्ति बढाउनको लागि माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद थापाले स्याङ्जाका विभिन्र पालिकाबाट यस वर्ष डेढ अर्बको सुन्तला निर्यात गरेको बताउँदै शितभण्डार र दक्ष जनशक्ति अभाव हुदाँ किसानका सुन्तला कुहिएको पनि बताएका हुन् ।

थापाले ‘आन्तिरक पर्यटकलाई प्रवधन गर्ने र गाउँलाई आत्मनिर्भर बनाउने’ नारा सहित २६ वर्ष अघि स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर १ दराैसिरबारीलाई दक्षिण एशियाकै पहिलो होमस्टे गाउँ संचालन भएको बताएका छन् । उनले भने, “आज नेपालभरि करिब दर्ता भएको ६ हजार होमस्टे छ भने संचालनमा १४ सय रहेको छन् । त्यसकारण दरौसिरबारीलाई सरकारले देशभरकाे होमस्टे अध्ययनको रूपमा अघि बढाउनु पर्छ ।”

थापाले पर्यटक क्षेत्रलाई प्रवर्धन गर्दा मात्र मुलुकको आर्थिक विकास हुने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !