३ पुस २०८२, बिहिबार

उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले भने,‘भ्रष्टाचारी कोही छुट्ने छैनन्’

प्रकाशित मिति :  10 May, 2023 4:50 pm


काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरूलाई नछोड्ने बताएका छन् ।

काठमाडौंमा बुधबार आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा थुप्रै समस्या रहेको र कमिसन तथा भ्रष्टाचारले देश जर्जर बनाएको उल्लेख गरे ।

गृहमन्त्री श्रेष्ठले कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न आफू पछि नहट्ने बताए ।

उनले खाडीमा काम गर्न गएका ३० लाख नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न भ्रष्टाचारीलाई कारबाही गर्नुको विकल्प नरहेको उल्लेख गरे । गृहमन्त्री श्रेष्ठले निर्दोष मानिस डराउनुपर्ने आवश्यक्ता नरहेको पनि उल्लेख गरे ।

गृहमन्त्री श्रेष्ठले भने हाम्रो देशमा अरु थुप्रै समस्याहरू छन्। कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको छ । कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ । र सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई तिब्र पार्नुपर्छ ।”

३० लाख खाडी मुलुकमा भएको नेपालीलाई नेपालमै काम गर्ने वातावरण सिर्जना गर्न भ्रष्टचारीलाई कारबाही गर्नै पर्नेमा जोड दिए ।

उनले भने,“भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई मूल रुपमा उठाएका छौँ । कोही निर्दोष डराउनुपर्दैन, कोही निर्दोष तानिने छैनन्, कोही दोषी छुट्ने छैनन् । दोषीलाई जहाँ गएपनि छोड्दैनौँ, यो हाम्रो प्रतिवद्धता हो ।”

गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई अहिलेको सरकारले मूल मुद्दा बनाएको बताए ।



प्रतिक्रिया दिनुहोस !