भ्रष्टाचार विरुद्ध सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनको प्रदर्शन
काठमाडाैँ । भ्रष्टाचार विरुद्ध सत्तारुढ विद्यार्थी संगठनहरूले प्रदशर्न गरेका छन् । बिहीबार भ्रष्टाचारबिरुद्धको अभियानलाई समर्थन गर्दै नेपाल विद्यार्थी संघ,अनेरास्ववियु क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले बिरोध गरेको हो ।
नक्कली भूटानी शरणार्थी प्रकरणबारे अनुसन्धान गरी भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै विद्यार्थी संगठनहरूले बिरोध प्रदर्शन गरेका छन् ।
उनीहरूले काठमाडौँको भृकुटीमण्डप परिसरमा प्रर्दशन गरेका हुन् । प्रदर्शनका क्रममा कुराकानी गर्दै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले प्रधानमन्त्री पुष्पकमल दाहालले चलाएकाे अभियानलाई समर्थन गर्न प्रदर्शन गरेको बताए । उनले नेपाली जनतामा भ्रष्टाचार गर्ने ठूला दलका नेताहरू राजनीतिक लेनदेनमा लागेको भन्ने जनताको संशयलाई ठिक ढंगले छानबिन गरी कारबाही गर्न खबरदारी स्वरुप प्रदर्शनमा आएको बताए ।
प्रर्दशनका क्रममा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भूटानी शरणार्थी प्रकरणमा सरकारले थालेको अभियानलाई ऐक्यवद्धता जनाएको बताए । उनले यो घटनाको कुनैपनि दबाबमा नपरीकन पक्राउ गरी छानबिन गर्न आग्रह गरे
सरकारले व्यक्त गरेको शाहस र दृढता स्वागतयोग्य रहेको र विगतका सबै भ्रष्टाचारको फाइलहरू खोल्नुपर्ने बताए ।








